‘राष्ट्रियसभा नियमावली मस्यौदा समिति’ गठन

0
598

काठमाडौँ, फागुन २२ । आज बसेको राष्ट्रियसभाको बैठकले ‘राष्ट्रियसभा नियमावली मस्यौदा समिति’ गठन गरेको छ । समिति बढीमा नौ सदस्यीयको हुनेछ ।

समितिलाई एक महिनाको कार्यावधि दिइएको छ । समितिमा गणेशप्रसाद तिमिल्सिना, परशुराम मेघी गुरुङ, प्रमिला कुमारी, दिलकुमारी थापा, राधेश्याम अधिकारी, दीनानाथ शर्मा, जीवन बुढा, सुरेन्द्रराज पाण्डे र वृषेशचन्द्र लाल सदस्य रहन्छन् ।

यसअघि खिमलाल भट्टराईले राष्ट्रियसभा नियमावली मस्यौदा समिति’ गठन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई सदस्य प्रकाश पन्थ र कालीबहादुर मल्लले समर्थन गरेका थिए ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन ३० मा

बैठकले राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको मिति यही फागुन ३० गतेका लागि तय गरेको छ । राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले निर्वाचनको कार्यतालिका प्रकाशन गर्न संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here