खोटाङको विद्यालयमा ओखलढुंगाका समाजसेवी राईद्वारा अक्षयकोष स्थापना

0
206

खोटाङ, असोज २४ । खोटाङको एक विद्यालयमा ओखलढुंगाका एक समाजसेवी मानबहादुर राईले अक्षयकोष स्थापनाका लागि रकम प्रदान गरेका छन् ।

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–१ का राईले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा जयरामघाटमा सञ्चालित दूधकोशी आधारभूत विद्यालयमा अक्षयकोष स्थापनाका लागि नगद रु एक लाख प्रदान गरेका हुन् ।

सोही विद्यालयमा बाल्यकालमा अध्ययन गरेका राईले आइतबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भविलाल राईको हातमा उक्त नगद हस्तान्तरण गरेको विद्यालयले जनाएको छ । प्राप्त रकम राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेर जम्मा गरिने र ब्याजबाट आएको रकमले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वार्षिक रुपमा छात्रवृत्ति प्रदान गरिने विद्यालयले बताएको छ

। रकम हस्तान्तरण कार्यक्रममा राष्ट्रिय गानका सर्जक प्रदीपकुमार राई (ब्याकुल माइला), हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राई र उपप्रमुख विमला राई लगायतको उपस्थिति रहेको थियो ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने जयरामघाट स्थित उक्त विद्यालयमा राज्यको नजर नपुगेको स्थानीयवासीहरुको गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here