आइतबार रातिको खेलमा बार्सिलोना बिजयी

0
172

काठमाडौं, जेठ ७ । बार्सिलोनाको यो सिजन अन्तिम खेलमा आइतबार राती घरेलु मैदानमा रियल सोसिड्याडलाई १–० ले हराएको छ ।

बार्सिलोनाको जितमा लिभरपुलका पूर्व मिडफिल्डर फिलिप कौटिन्हो उत्कृष्ट गोल गर्दै टिमलाई जिताए । खेलको पहिलो हाफमा भ्रमणकारी टोलीले बार्सिलोनालाई रोके पनि कौटिन्होले ५७ औं मिनेटमा बक्स बाहिर प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।

करिब क्लबसँग २२ वर्षको सहकार्यपछि बार्सिलोनाका आन्द्रे इनियेस्टाका लागि स्पेनिस क्लबबाट यो अन्तिम खेल थियो । सिजनको अन्त्य पछि चीन जाने निर्णय सार्वजनिक गरेका ३४ वर्षे स्पेनिस मिडफिल्डर इनियेस्टालाई दुवै क्लबका समर्थक र खेलाडीहरुले विदाई गरे ।

बार्सिलोना यो सिजन ला लिगा र कोपा डेल रे जित्न सफल भयो भने च्याम्पियन्स लिगको क्वाटरफाइनलमा रोमसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here