लोक साहित्य परिषदद्वारा सत्यमोहन लोक साहित्य भवन निर्माणको थालनी 

0
138

ललितपुर, चैत्र ११ । सत्यमोहन लोक साहित्य भवन निर्माणको काम सुरु भएको छ । लोक साहित्यको संरक्षण र प्रबद्र्धनका लागि निर्माण गर्न लागिएको उक्त भवन लोक साहित्य परिषद्ले गर्न लागेको हो । उपभोक्ता समिति मार्फत गर्न निर्माण गर्न लागिएको उक्त भवनको शिलान्यास बिहीबार गरिएको हो ।

योजनाको कूल लागत एक करोड पचास लाख अनुमान गरिएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास क्षेत्रबाट ४९ लाख ३० लाख प्राप्त भएको छ । त्यसैगरी जनसहभागिताबाट करीब पाँच लाख रुपैयाँ प्राप्त भएको परिषद्का अध्यक्ष तथा प्राध्यापक प्रेम शान्ति तुलाधरले बताइन् । पहिलो चरण अन्तर्गत दुई तल्ला निर्माण गरिने उक्त भवनको डिजाइन तीन तल्लाको गरिएको छ । ‘पहिलो चरणमा दुई तल्ला निर्माण गर्छौ ’ तुलाधारले बताइन् । भुई तल्लामा बैठक कक्ष निर्माण गरिनेछ । पहिलो तल्लामा भान्सासहित संस्कृतिविद् सत्यमोहन जोशीको सुत्ने कोठा निर्माण हुनेछ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भवन जतिसक्दो छिटो बनाउन अनुरोध गरे । भवनमा प्रयोग गर्ने सामानहरु गुणस्तरीय राख्न उनले जोड दिए । उनले शताब्दी पुरुषको हुलाक टिकट प्रकाशनको काम अन्तिम चरणमा पुगेको बताए ।

संस्कृतिविद् सत्यमोहन जोशीले यो भवन कला संस्कृतिप्रेमीहरुको साझा भवन भएको बताए । उनले कला संस्कृति नेपालको अमूल्य निधि भएको बताउँदै सुखी नेपाली , समृद्ध नेपाल बनाउनका लागि कला, संस्कृतिको संरक्षण गर्नुपर्ने बताए ।

ललितपुरको बखुंबहालस्थित निर्माण गर्न लागिएको उक्त भवनको माथिल्लो तल्लामा लोकसंस्कृतिसँग सम्बन्धित बाजा, पुस्तक राखिनेछन् । उनले भनिन् , ‘यो संग्राहालय जस्तै हो , यससँग सम्बन्धित अध्ययन केन्द्र नै हुनेछ । ’ निर्माण गर्न लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here