नेपाली काँग्रेस मोरङ शाखाले निर्वाचित प्रतिनिधिलाई स्वागत एवं सम्मान गर्ने

0
547

विराटनगर, माघ २२ । प्रदेश नं १ बाट निर्वाचित प्रदेश सभासद्, स्थानीय निकायका प्रतिनिधिहरुलाई नेपाली काँग्रेस मोरङ शाखाले स्वागत तथा सम्मान गर्ने भएको छ ।

आज नेपाली काँग्रेस मोरङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला सचिव नागेश कोइरालाले संंगठन विस्तार गर्न, प्रजातान्त्रिक विचारधारालाई जनतासमक्ष पुर्याउन र कांग्रेसको जनमत सिर्जना गर्ने उद्देश्यले यही माघ २३ गते स्वागत एवं सम्मान कार्यक्रम आयोजना गरिएको जनाए ।

प्रदेशका सभासद्हरु, महानगरपालिका, नगरपालिका र गाउँपालिकाका निर्वाचित प्रमुख र उपप्रमुख गरी ११७ जना सम्मान एवं स्वागतमा सहभागी हुने भएका छन् ।

सचिव कोइरालाले यही माघ २४ गते सम्पन्न हुने राष्ट्रियसभा निर्वाचन सफलतापूर्वक आफ्नो पक्षमा पार्ने सम्पूर्ण तयारी पूरा भएको पनि बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here