चिसोका कारण सप्तरीमा मृत्यु हुनेको संख्या २७ पुग्यो

0
446

पुष ३० । विगत केहीदेनदेखि यता ह्वात्तै चिसो बढ्दा जनजीवन प्रभावित बन्न पुगेको छ । पूर्वी तराईमा शीतलहर र हुस्से बढेपछि सप्तरी जिल्लामा मात्रै चिसोबाट कठ्यांग्रिएर मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

जाडोका कारण सप्तरीमा शनिबार साँझ थप एक बालकसहित दुईजनाको मृत्यु भएसँगै मृतकको संख्या बढेर २७ पुगेको हो । तर, सप्तरी प्रहरीले भने हालसम्म १६ जनाको मात्र मृत्यु भएको पुष्टि गरेको छ ।

शनिबार मृत्यु हुनेमा रुपनी गाउँपालिका–८ रायपुर निवासी २ वर्षीय शिवम पासवान रहेको प्रहरी नायब उपरीक्षक धुर्वकुमार श्रेष्ठले बताए । बालकलाई चिसो लागेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

त्यस्तै, डाक्नेश्वरी नगरपालिका–८ बिसहरिया निवासी ७० वर्षीया शुगावतीदेवी सरदारको पनि चिसोले मृत्यु भएको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here