पशुपतिमा वृक्षरोपण अभियान शुरु, पाँच हजार विरुवा रोपिने

0
591

काठमाडौँ, जेठ २७ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई हरियाली बनाउने उद्देश्यका साथ वृक्षरोपण गर्न थालिएको छ ।

संसारका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिमा सो अभियान अन्तर्गत पाँच हजार विरुवा रोपिने जनाइएको छ । शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अभियानको शुभारम्भ गरे ।

उक्त अभियान शुभारम्भसँगै मृगस्थली जंगल क्षेत्रमा वेलपत्र, लोतसल्लो, चिलाउने, लप्सी, पारिजातलगायत जातका २५० वृक्षरोपण गरिएको पशुपति विकास कोषका सदस्यसचिव डा प्रवीण ढकालले जनाएका छन् ।

रोपिएका बिरुवा हुर्काउन पनि कोषले मानिस परिचालन गर्ने जनाएको छ । एउटा बिरुवा हुर्काउन रु ११ हजार ११४ खर्च लाग्ने उनको भनाइ छ ।

पशुपति क्षेत्रमा श्रद्धालु भक्तजनले जन्मदिन, वैवाहिक वर्षगाठलगायत शुभ अवसरमा वृक्षरोपण गरी हुर्काउन चाहेमा कोषले त्यो अवसर प्रदान गर्ने निर्णय गरेको छ ।

यसै हप्ता युरेशिया रेयुकाईले ३०० बिरुवा रोप्न स्वीकृति लिएको कोषले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here