माघिको अवसरमा मन्थलीमा वृहत साँस्कृतिक कार्यक्रम

0
270

रामेछाप १ माघ । माघि पर्वको अवसर पारेर बुधवार नेपाल मगर महिला संघले बृहत साँस्कृतिक कार्यक्रम र विविध कार्यक्रमको संचालन गरेको छ । माघिलाई मनोरन्जनमय चाड वनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम आरम्भमा पंचे बाजा र मगर झाँकि सहित निश्किएको थियो । स्थानिय देवकोटा चोकबाट निस्किएको र्यालीले आरम्भमा मन्थली बजार परिक्रमा गरि मन्चको कार्यक्रममा प्रवेश गरेको थियो । र्यालीमा विद्यार्थिहरुको अलावा स्थानिय जन प्रतिनिधि,पार्टि प्रतिनिधि,संचारकर्मि र नागरिक अगुवा हरुको पनि उपस्थीति रहेको थियो ।

आयोजक नेपाल मगर महिलासंघ को नेतृत्वमा निस्किएको र्याली स्थानिय जिल्ला समन्वय समितिको हाता भित्र पुगेर सभामा परिणत भएको थियो । बृहत साँस्कृतिक कार्यक्रम तथा प्रवचनमा वोल्ने सवै जसो बक्ताहरुले वर्षमा एक पटक आउने माघि पर्वलाई प्रदेश र स्थानिय सरकारले महत्व दिन नसकेको आरोप लगाए । उनिहरुले कतिपय प्रदेश र स्थानिय सरकारहरुले माघि पर्वको अवसर पारेर बुधवार सार्वजनिक विदा समेत दिएको स्मरण गर्दे बक्ताहरुले माघि पर्व साझा पर्व भएकाले यसलाई साझा पर्वको रुपमा गहण गर्नु पर्ने धारणा राखेका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख पे्रम खड्काको प्रमुख आतिथ्यता र मगर महिला संघकि अध्यक्ष तारा मगर भण्डारी को अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्थली नगरपालीका वडा नं १ का अध्यक्ष नारायण दास श्रेष्ठ,नेपाली काँग्रेस रामेछापका कोषाध्यक्ष कुमार श्रेष्ठ रामेछाप नगर कार्यपालीका सदस्य समिता विक नेपाल पत्रकार महासंघ ३ नं प्रदेशका सदस्य बद्री नयाँघरे, वरिष्ठ पत्रकार हिमाल ढुंगेल, नेपाल बार एसोसियसनका पुर्व अध्यक्ष पाण्डव प्रसाई,।

मगर अगुवा पुर्ण वहादुर मगरनेपाल जनजाति महासंघका अध्यक्ष श्री बहादुर माझि ,महिला अगुवा शान्ता सापकोटा लगाएतका बक्ताहरुले मागि पर्व र त्यसको महत्वका वारेमा आ आफनो धारणा राखेका थिए । त्यसैगरि रामेछाप नगरपालीका वडा नं ५ मा पनि माघिको अवसर पारेर विविध कार्यक्रमको आयोजना गरेको जानकारी प्राप्त भएको छ । सो अवसरमा रामेछाप नगरपालीका र खाँडादेवी गाउँपालीकाले सार्वजनिक विदा पनि दिएका थिए । साँस्कृतिक कार्यक्रममा राष्ट्रिय रुपमा ख्याति कमाएका र स्थानिय कलाकार हरु समेतको बेजोड प्रस्तुतिले दर्शकहरुलाई निकै ठुलो मनोरन्जन दिलाएको कार्यक्रमकी संचालिका रिता मगरले जानकारी दिईन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here