युवालाई स्वदेशमै उद्यमशीलतामा लाग्ने वातावरण तयार गरिने : मन्त्री विश्वकर्मा

0
292

पोखरा, जेठ १३ । मुलुकको समृद्धिका लागि सबै क्षेत्रको विकास आवश्यक रहेको युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले बताएका छन् ।

शनिबार कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाका–४ भदौरेमा सञ्चालित बहादुरे माविको हातामा रु ३५ लाखको लागतमा निर्माण सम्पन्न भएको दुईतल्ले मञ्च, कम्पाउण्ड तथा अभिनन्दन एवम् सम्मान कार्यक्रमको उद्घाटन गर्दै उनले भावि कार्यक्रम युवा केन्द्रित हुने जनाएका छन् ।

मुलुकलाई पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर बनाउने अभियानका साथ सरकार योजना बनाएर लाग्ने तयारीमा जुटेको जनाउँदै उनले युवालाई स्वदेशमै उद्यमशीलतामा लाग्ने वातावरण तयार गरिने बताएका छन् ।

कार्यक्रममा पूर्वसांसद सीता गिरी ओलीले ग्रामीण क्षेत्रको विकास बिना मुलुकको समृद्धिको परिकल्पना गर्न नसकिने धारण व्यक्त गरिन् ।

अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष भतर केसी, भदौरे युवा क्लबका अध्यक्ष अमर गुरुङ, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा अनिलकुमार गुरुङ, प्रअ रामप्रसाद पौडेल लगायतले शैक्षिक गुणस्तरका लागि भौतिक संरचनाको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here