उपराष्ट्रपति र अध्यक्ष ओलीबीच भेटवार्ता

0
595

काठमाडौँ, माघ ५ । अध्यक्ष ओली निवास बालकोटमा उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।

नियमित स्वास्थ्य उपचार गराउनका लागि थाइल्याण्डको बैंकक गएका बिहीबार स्वदेश फर्किएका उनको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति पुनले चासो राखेका छन् ।

उनीहरुबीच करिब आधा घण्टा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here