सरकारी विद्यालयमा छोराछोरी नपढाए तलबभत्ता कटौती हुने

0
789

इलाम, जेठ १३ । छोराछोरीलाई निजी विद्यालयमा पढाउने जनप्रतिनिधि र कर्मचारीको तलबभत्ता काटिने भएको छ ।

इलामको माईजोगमाई गाउँपालिकाले शिक्षा ऐन पारित गर्दै नेपाल सरकारबाट सेवासुविधा प्राप्त गरेका सार्वजनिक पदाधिकारी, कर्मचारी र शिक्षकहरुले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना नगरेर नीजि विद्यालयमा पढाए तलब–भत्ताबाट तीन प्रतिशत रकम काट्ने भएको हो ।

कटौती गरिएको रकम गाउँपालिकाको सञ्चित कोषमा जम्मा गरिने जानकारी गराइएको छ । शिक्षामा भएको असमानतालाई न्यूनीकरण गर्न यो निर्णयलाई कडाइका साथ कार्यान्वयन गरिने अध्यक्ष जीतबहादुर राईले बताएका छन् ।

शिक्षकले सरकारी विद्यालयमा पढाउने तर सरकारीबाट कमाएको रकमबाट आफ्ना छोराछोरी निजीमा पढाएर खर्च गर्ने कार्यले सरकारी विद्यालयप्रति विश्वास घटेकाले पनि यस्तो निर्णय गरेको जनाइएको छ ।

विद्यालयहरूमा खेताला शिक्षक राख्नसमेत प्रतिबन्ध लगाइएको र खेताला शिक्षक राखिएको पाइएमा निलम्बन गरिने राईको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here