डुङ्गा दुर्घटनामा आठको मृत्यु

0
267

आङ्करा, असोज २४ । टर्कीमा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता भएका छन् ।

अवैध आप्रवासीहरूलाई बोकेको डुङ्गा दुर्घटना हुँदा टर्कीमा कम्तीमा आठ जनाको मृत्यु भएको हो । घटनामा परी बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको अधिकारीहरूले जानकारी गराएका छन् ।

उद्धारकर्ताहरूले घटना लगत्तै खोजी गर्दा मृत्यु भएकाको शव भेट्टाएका थिए भने मृत्यु हुनेहरूको संख्या थप बढ्न सक्ने अनुमान पनि गरेका छन् ।

मृत्यु भएका र बेपत्ता भएकाहरू कुन कुन देशका थिए भन्ने एकिन भइनसकेको अधिकारीहरूको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here