सप्तरीको साख बचाउन धौ धौ, प्रदीप गिरी लम्किँदैछन्

0
237

नेपाली कांग्रेसका प्रखर वक्ता प्रदीप गिरी उम्मेदवार रहेको सप्तरी जिल्ला क्षेत्र नं. १ को पछिल्लो मत परिणाम अनुसार २४६१ मतान्तरले अग्रता लिइरहेका छन् ।

निर्वाचन आयोग सप्तरीले पछिल्लो पटक सार्वजनिक गरेको मतपरिणाम अनुसार प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ प्रदिप गिरिले १४८४३ मतसहित अग्रता लिइरहेका छन् । उनका निकटतम प्रतिद्वन्दी बाम गठबन्धनका उम्मेदवार गंगा प्रसाद यादव १२३८२ र फोरमका उम्मेदवार राजलाल यादवले ५७०५ मत प्राप्त गरेका छन् ।

प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार राम चन्द्र यादवले ७४८६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्दी बाम गठबन्धनतर्फका उम्मेदवार माओवादी नेता सुरेश चन्द्र दास ९६११ मत सहित अग्र स्थानमा छन् । उनलाई पछ्याउँदै फोरमका उम्मेदवार शत्रुधन सिंह कोइरि ९८७२ मत ल्याएका छन् ।

त्यस्तै प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर ३ बाम गठबन्धनका उम्मेदवार लिलानाथ श्रेष्ठले २१५०३, अशेश्वर यादव फोरम १९६६४, अमर रेग्मि कांग्रेस १०१०५ मत प्राप्त गरेका छन् ।

प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर ४ मा राजकिशोर यादव राजपा १४५८५ मत सहित अग्र स्थानमा छन् उनलाई पछ्याउँदै अजय शंकर नायक माओवादीतर्फका उम्मेदवारले १३९२२ मत प्राप्त गरे भने मो मुक्तार अहमद कांग्रेस ५९३२ मत सहित अघि बढिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here