संविधानले मुलुकमा शान्ति र स्थायित्व सुनिश्चितता गरेको छ : ओली

0
427

काठमाडौँ, असोज ३ । देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै नेपाली जनताले आफ्नो अधिकार प्रत्याभूत हुने गरी जारी गरेको संविधानले सार्वभौमसत्ता र स्वाधीनता प्रकट गरेको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

संविधानले मुलुकमा शान्ति र स्थायित्व सुनिश्चितता गर्दै भविष्यको विकास र समृद्धिका लागि स्पष्ट मार्गदर्शन गरेको बताउँदै उनले संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा स्थानीय निर्वाचनमा उत्साहपूर्ण जनसहभागिता महत्वपूर्ण उपलब्धि भएको बताए ।

पूर्वप्रधानमन्त्री ओलीले आगामी प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गरी निर्वाचन भयरहित, स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गर्न राजनीतिक स्थायित्व हासिल गर्दै अघि बढ्नेमा केन्द्रित हुन सबैमा आग्रह गरेका छन् । उनले देशलाई यतिबेला राष्ट्रिय एकताको खाँचो रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here