परीक्षा बोर्डद्वारा ११ र १२ परीक्षा केन्द्र निर्धारण

0
178

काठमाडौँ, फागुन ३० । कक्षा ११ र १२ को परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा केन्द्र निर्धारण गरेको छ ।

बोर्डका प्रवक्ता तथा उपनियन्त्रक जयन्ती सत्यालले परीक्षाका लागि देशभर एक हजार ४९ केन्द्र निर्धारण गरेको बताएकी छन् । बोर्डले गत वर्ष ९९२ वटा परीक्षा केन्द्र निर्धारण गरेकामा यस वर्ष भने ५७ वटा परीक्षा केन्द्र थपेको छ ।

आगामी वैशाख १४ गतेदेखि हुने कक्षा १२ को परीक्षा ३० गते सम्पन्न हुनेछ भने वैशाख ३१ गतेदेखि कक्षा ११ को परीक्षा शुरु हुनेछ ।

परीक्षामा देशभरबाट नौ लाखभन्दा बढी विद्यार्थीको सहभागिता रहने बोर्डले बताएको छ । त्यसैगरी, बोर्डले मंगलबारदेखि परीक्षाको प्रश्नपत्र छपाइ गर्न थालिसकेको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा गोप्य प्रेसमा कक्षा ११ र १२ को प्रश्नपत्र छपाइ थालिएको बोर्डकी प्रवक्ता सत्यालले जानकारी गराएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here