प्रतिनिधिसभा बैठक बस्दै

0
241

काठमाडौं, असार ८ । विनियोजन विधेयक, २०७५ मन्त्रालयगत बजेटका विषयमा छलफल गर्न आज प्रतिनिधिसभा बैठक बस्दैछ । सो बैठक बिहान ११ बजेका लागि डाकिएको छ ।

आज ५ वटा मन्त्रालयका विभिन्न शीर्षकहरुमा विनियोजन गरिएको बजेटमाथि छलफल हुने संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी गराएका छन् ।

प्रतिनिधि सभाको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र रक्षा मन्त्रालयका लागि छुट्टाइएको बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको महासचिव भट्टराईले जनाए ।

बैठकमा सांसदहरु प्रेम सुवाल, दुर्गा पौडेल, मीन बहादुर विश्वकर्मा, सञ्जय कुमार गौतम, गगन कुमार थापा, मिनाक्षी झा र भीमसेनदास प्रधानले मन्त्रालयहरुका विभिन्न शीर्षकहरुमा विनियोजन गरिएको बजेटमाथि खर्च कटौतीको प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची समेत रहेको संसद सचिवालयले बताएको छ ।

आज अपरान्ह ४ बजे दुवै सदनको संयुक्त बैठक पनि बस्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here