फागुन नौ गते चलचित्र ‘सेन्टी भाइरस’ र ‘आमा’ को भिड्दै

0
143

काठमाडौं, पुस ६ । नेपाली कथानक चलचित्र आमा र चलचित्र ‘सेन्टी भाइरस’ आउँदो फागुन ९ गतेका लागि प्रदर्शनको समय तोकिएको छ । फरक कथा बस्तुमा केन्द्रित रहेर निमार्ण भएका यी दुबै चलचित्रले राम्रो ब्यापार गर्ने अभिलाषा बोकिएका चलचित्रहरु हुन् ।

दिपेन्द्र के खनाल निर्देशित चलचित्र आमाको ट्रेलर बिहिबार राजधानीमा एक समारोहका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरियो ।

त्यस्तै पछिल्लो समय कलाकारिताभन्दा सामाजिक काममा सक्रिय हाँस्यकलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’ आउँदो फागुन ९ गतेबाट प्रदर्शन गर्ने तयारीलाई ब्रिता दिइ रहेको जनाइएको छ ।

‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङको निर्देशन रहेको सिताराम र कुञ्जनाको होम प्रोडक्सन कम्पनी सुबिहानी फिल्मस्को ब्यानरमा डिन्डु लामा ह्योल्मोको लगानीमा चलचित्र ‘सेन्टी भाइरस’ प्रदर्शनका लागि तयार भएको जनाइएको छ । यस चलचित्रको पहिलो गीत ‘फनफनी’ पनि बिहीबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो ।

दुबै चलचित्रका निर्माण पक्षले महाशिवरात्रीको अवसरमा फागुन ९ गते बाट नेपाल अधिराज्यभर एकसाथ प्रदर्शनमा आउने दावी गर्दै आएका छन् । दुबै चलचित्र निर्माण पक्षका अनुसार यी चलचित्रको भिडन्त हुने लगभग पक्का जस्तै भएको छ । फरक कथा बस्तुमा तयार भएका यी दुई चलचित्र व्यापारका हिसाबले र कथाबस्तुका आधारमा राम्रा र आश गरिएका चलचित्रको रुपमा लिइएको छ ।

चलचित्र आमामा मिथिला शर्मा र सुरक्षा पन्तको अभिनय जिबन्त रहेको विहिबार सार्वजनिक ट्रेलरमा देख्न सकिन्छ । उक्त चलचित्रमा मिथिला शर्माले आमाको भूमिका निर्वाह गरेकी छिन् भने सुरक्षा पन्त छोरीको भूमिकालाई दमदार बनाउने कोषिस गरेकी छिन् ।

नेपाली समाजमा आमा–बाबुको निधनमा छोराले मात्र दागबत्ती दिने मान्यता छ तर यस चलनलाई चुनौती दिँदै छोरीले पनि आमा बुवाको अन्तिम संस्कार गर्न सक्छन भन्ने कुरालाई यस चलचित्रले उठान गरेको छ ।

आमा बुवाको लागी छोराले निभाउने कर्तव्य छोरीले पनि उसैगरी निभाउनु पर्ने सन्देश ट्रेलरले दिएको छ । चलचित्रमा मिथिला र सुरक्षाका साथमा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम पौडेल, लक्ष्मि भुषाल लगायतका कलाकारको अभिनय रहेको छ ।

डीएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रमा निर्देशकको आफ्नै लेखन र छायाङ्कन रहेको छ । त्यस्तै चलचित्र ‘सेन्टी भाइरस’मा ‘धुर्मुस(सुन्तली’ सँगै दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here