ललितपुरमा कांग्रेसको चुनावी अभियान तीव्र

0
223

ललितपुर, कार्तिक १९ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिदै ललितपुर जिल्लामा चुनावी भिडन्त रोचक तथा रोमाञ्चक बन्दै गएको छ ।

ललितपुर क्षेत्र नं. १ का प्रतिनीधि सभा सदस्य कांग्रेसका उम्मेदवार उदय शमशेर राणा र बाम गठबन्धनतर्फका उम्मेदवार नवराज सिलवालबीचको प्रतिस्पर्धा रोचक भए पनि स्थानीय स्तरमा रही लामो समयदेखि जनतामाझ लोकप्रिय रहँदै आएका राणालाई जितका लागि कुनै गाह्रो देखिँदैन । त्यस्तै प्रदेश उम्मेदवार समाजसेवी, चर्चित अन्तर्राष्ट्रिय कराते खेलाडी तथा नेपाली कांग्रेसका युवा नेता मीन कृष्ण महर्जनलाई पनि जितका लागि अत्यन्त सहज देखिन्छ । प्राय ललितपुरको दक्षिण भेगमा जनताका समस्यामा सँगै रहँदै आएका महर्जन अहिले दक्षिण ललितपुरका गाउँ वस्तीमा चुनावी प्रचार प्रसारमा जुटेका छन् ।

प्रदेश सभा सदस्यका लागि ललितपुर क्षेत्र नं. १ को (ख) प्रदेश निर्वाचन क्षेत्रको उम्मेदवार भए पछि अहिले उनी ललितपुरका गाउँ बस्तीमा घुम्दै स्थानीयहरू संग भेटघाट गरि रहेका छन् । महर्जनलाई उम्मेदवार वनाउनका लागि ललितपुर १ को (ख) प्रदेश सभाको निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहबाट पहिलो नम्वरमा सिफारिस भए अनुसार महर्जनलाई केन्द्रिय स्तरका नेताले पनि विस्वास गरी जित्ने पक्का देखेपछि टिकट दिएका थिए ।

खेलकुद र राजनीतिलाई संगसंगै डोर्याउँदै लगेका महर्जन ०६० सालमा तरुण दलको केन्द्रीय सदस्यमा निर्वाचित हुँदा खेलकुद विभाग प्रमुख बनेका थिए । महर्जन कराँतेका पाँचौं डान तथा राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष समेत हुन । वाल्यकाल देखि नै खेलकुद क्षेत्रमा लागेर तीन दर्जन भन्दा बढि स्वर्ण पदक जित्दै देशको नाम राख्न सफल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको रुपमा परिचय बनाउन सफल भएका छन् ।

ललितपुर क्षेत्र नम्वर एक प्रदेश नम्वर ‘ख’ मा ३५ हजार मतदाता रहेका छन् । यस क्षेत्रमा अघिल्लो संविधान सभाको चुनावमा कांग्रेस उम्मेदवार उदय शमशेर राणाले नै जितेका थिए । राणा अहिले चुनावी अभियानका साथ साथै जनताका समस्यासँग हर समय लड्दै आएका छन् । जनताका समस्यालाई आफ्नो समस्याको रुपमा लिई दिनरात जनताकै काममा लागिरहने भएकाले बाम गठबन्धनका उम्मेदवार सिलवाललाई राणाको पल्लाभारी हुने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here