करोडौंको लागतमा खानेपानी आयोजना निर्माण

0
199

कञ्चनपुर, असोज १४ । शुद्ध पेयजल उपलब्ध गराउनका लागि भीमदत्त नगरपालिकाका दुई वडाका दुर्ई हजार पाँच सय बासिन्दालाई खानेपानी आयोजना निर्माणको काम थालिएको छ ।

नगरपालिका–२ र ५ का बासिन्दाका लागि उल्टाखामस्थित महोलियामा रु नौ करोड ४० लाखको लागतमा खानेपानी आयोजना निर्माणको काम थालिएको हो । नेपाल खानेपानी संस्थानले बनाउन लागेको यस आयोजनाबाट नगरपालिका–२ का एक हजार दुई सय र ५ का एक हजार हजार तीन सय बासिन्दाले खानेपानीको सुविधा प्राप्त गर्नेछन् ।

खानेपानी संस्थानका कार्यालय प्रमुख हरिकुमार श्रेष्ठले चालू आवभित्र बासिन्दाको घर घरमा पानीको सुविधा उपलब्ध गराउने लक्ष्य राखिर निर्माणको काम अगाडि बढाएको बताएका छन् । उल्टाखाम र वनगाउँका बासिन्दाका लागि खानेपानी आयोजना बन्न लागेको भन्दै यसै वर्षभित्र पानी उपलब्ध गराउने संस्थानका कार्यालय प्रमुख श्रेष्ठले जानकारी गराएका छन् ।

चालू आवमा साढे १५ किलोमिटर पाइप लाइन विस्तार हुने र दुवै स्थानमा ट्युवेल जडान गरिने कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ । आयोजना अन्तर्गत ४५० घनमिटरका दुई ट्याङ्की बनाउने पनि जनाइएको छ ।

नगरपालिका–२ का अध्यक्ष डम्मर सिंह कार्कीले नल्काको खानेपानी खानुपर्ने स्थानीयवासिन्दाको बाध्यता यो खानेपानी आयोजना संचालन सञ्चालन भएपछि हटेर जाने बताएका छन् । यसैगरी नगरपालिकाको उत्तरी क्षेत्रका बासिन्दाका लागि नगरपालिका–८ तिलौचारमा रु २८ करोड ५० लाखको लगानीमा अर्को खानेपानी आयोजना निर्माण गर्न लागिएको छ ।

चुरे क्षेत्रमा गर्मीका बेला नल्का र कुवाँमा पानी सुक्ने समस्या आउने गरेका स्थानीय बसिन्दाले निकै दुःख झेल्दै आइरहेका छन् । अब यो आयोजना निर्माण भएपछि स्थानीय बासिन्दाले सहज रुपमा पानी पिउन पाउने छन् ।

नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउनका लागि खानेपानी आयोजना निर्माण गरिएको नगर प्रमुख सुरेन्द्र बिष्टको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here