आठ शीर्षकमा कायम गरिएको कर मिनाहा

0
466

राजविराज, भदौ २५ । पछिल्लो समय सरकारले गरेको कर वृद्धिप्रति जनताको गुनासो बढ्दै गइरहेको समयमा सप्तरीको बोदेबरसाइन नगरपालिकाले कुनै पनि शीर्षकमा करको दर नबढाएको बताएको छ ।

नगरप्रमुख आतेशकुमार सिंहले जनतालाई सहुलियत हुने गरि विभिन्न आठ शीर्षकमा कायम गरिएको कर मिनाहासमेत गरेको जनाए ।

यसअघि नगरपालिकाले कायम गरेको केही शीर्षकको कर बढी भएको भन्दै सेवाग्राहीबाट गुनासो आउन थालेपछि कार्यपालिकाको बैठकबाट छलफल गरी कर दर रेटमा संशोधनसहित आठ शीर्षकको कर मिनाहा गरी निःशुल्क गरिएको प्रमुख सिंहले बताए ।

नगरपालिकाले जारी गरेको सूचनामा नागरिकता प्रमाणपत्र सिफारिश, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता, सम्बन्धबिच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिश र स्वास्थ्यसम्बन्धी सिफारिश सेवा निःशुल्क गरिएको उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here