सडक विस्तार कार्यको वातावरणीय प्रभाव मूल्याङ्कन अन्तिम चरणमा

0
204

भक्तपुर, असार १९ । सूर्यविनायक–धुलिखेल सडकखण्डको स्तरोन्नति तथा विस्तार कार्यको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) अन्तिम चरणमा पुगेको छ ।

उक्त सडकखण्डको इआइएका बारेमा भक्तपुर नगरपालिकाले छलफल गर्न मंगलबार आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा अन्तक्र्रिया कार्यक्रममा नगर उपप्रमुख रजनी जोशीले सडक विस्तार र स्तरोन्नतिका क्रममा ढल निकास र खानेपानीको पाइपलाइन व्यवस्थित गर्न पहल भइरहेको बताए ।

सडक विस्तारबारे सुझाव संकलनसमेत भइरहेको छ । भक्तपुर नगरलाई पैदलमैत्री नगर बनाउने तथा साइकलन लेनसहितको पदमार्ग बनाउने योजना अगाडि बढाएको उनले जनाएका छन् ।

भक्तपुर नगरपालिका–७ का वडाध्यक्ष एवं निर्माण समितिका संयोजक उकेश कवाँले सडक विस्तार गर्न सडक मापदण्डको संरचना र पुराना घरको मुआब्जाको समस्या आएको बताए । सरकारले ऋण सहयोगमा विस्तार गर्न लागेको उक्त सडक १४.९१ किलोमिटर लामो छ ।

साँगामा १.३ किलोमिटर सुरुङ मार्ग निर्माण गरिनेछ । सडक चार लेनको बनाइने छ । साँगामा सुरुङ निर्माणका साथै पुल, कलभर्ट, चौबाटोको सुधार, भिरालो सतहलाई स्थिर राख्न रिटेनिङ पर्खाल, वटुवाका लागि आकाशे पुल तथा केही स्थानमा थप जग्गा अधिग्रहण गरिने संयोजक कवाँको भनाइ छ ।

वायु तथा ध्वनि प्रदूषण कम गर्ने आधुनिक उपकरणको प्रयोग गर्ने, नियमित पानी छर्किने, सुरुङ निर्माणस्थलबाट निस्कने धमिलो पानी प्रशोधन गरेरमात्र निष्काशन गरिने र खोलाको पानीको गुणस्तर नियमितरुपले मापन गरिने योजना छ ।

भूमिगत पानीको सतह र प्राकृतिक पानीको मूल घट्न सक्ने भएकाले सुरुङ निर्माण गर्नुपूर्व ग्राउण्ड ट्रिटमेण्ट गरिने, सुरुङ उत्खननपछि कङ्क्रिट लाइनिङ तथा सिलिङ गरिने, कृषियोग्य माटो संकलन गरी पूर्ण प्रयोगमा ल्याउने प्रस्ताव गरिएको उनले बताए ।

सूर्यमोड सामुदायिक वनको सडक छेउको करीब १० रोपनी क्षेत्र आयोजनाले प्रयोग गर्ने, सूर्यमोड सामुदायिक वनका १६३ वटा रुख सो क्षेत्रबाट काट्नुपर्ने र सडक क्षेत्रका ७१९ रुख कटान गरिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here