पाँच वर्षभित्र मुलुुकको परिवर्तन गर्ने : मुख्यमन्त्री पौडेल

0
1458

काठमाडौँ, असार १४ । पाँच वर्षभित्र मुलुुकको परिवर्तन गर्ने प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् ।

भण्डारी मेमोरियल कलेजको १७औँ वार्षिक उत्सवका अवसरमा आज आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले जनताले अनुभूति गर्ने खालेको काम गरी पाँच वर्षभित्र मुलुकको विकास गर्ने बताएका हुन् ।

नयाँ गतिका साथ विकास निर्माण गर्नुपर्ने भन्दै उनले ‘समृद्ध नेपाल र सुखी नेपाल’को अभियानलाई सबैले आत्मसात् गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । स्व. नेता भण्डारीको नाममा स्थापित यस कलेजलाई नमूना कलेजका रुपमा विकास गर्नुपर्ने बताउँदै मुख्यमन्त्री पौडेलले भने यो कलेज अन्य कलेजभन्दा फरक उत्कृष्ट कलेज बनाउनुपर्दछ ।

सांसद कृष्ण राईले कलेजलाई अझ विस्तार गरी छुट्टै पहिचान दिलाउनु पर्नेछ । मदन भण्डारीको नाम र विचारलाई स्थापित गर्न जरुरी रहेको उनको भनाइ छ ।

सहायक क्याम्पस प्रमुख निरुजा फुयालले कलेजलाई विश्वविद्यालय बनाउन तयारीका साथ काम भइरहेको र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताइन् ।

कलेजले गरिबी, असहाय र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेको पनि उनको भनाइ छ । सोही अबसरमा मुख्यमन्त्री पौडेलले पत्रकार भवानीश्वर गौतमलाई ‘मदनभण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ प्रदान गरे ।

रु २५ हजार राशि रहेको उक्त पुरस्कार हरेक वर्ष शिक्षा क्षेत्रमा योगदान पु¥याउने पत्रकारलाई प्रदान गरिदै आएको छ । कलेजमा दशजोड दुईदेखि स्नातकोत्तर तहसम्म करीब एक हजार २०० विद्यार्थी अध्ययनरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here