टोखामा आगलागी हुँदा एक करोडको धनमालमा क्षति

0
289

काठमाडौँ, मंसिर २६ । टोखा नगरपालिका–८ बानियाँटारमा आज बिहान राजकुमार राचलको फर्निचर उद्योगमा भएको आगलागीमा रू एक करोड बराबरको धनमालको क्षति भएको छ ।

बिहान ४ बजे विद्युत चुहिएर लागेको आगो स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा दमकलको सहयोगमा बिहान ८ बजे नियन्त्रणमा लिइएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले जानकारी गराएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक प्रकाशबहादुर रावतले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here