फेरी खुल्यो सलमान खानको ‘रिब्रान्डिङ’ शो–रुम

0
154

काठमाडौँ, पुस १३ । बलिउडका चर्चित नायक सलमान खानका पारखीहरुका लागि खानको चर्चित ब्राण्ड नेपालको बिइङ ह्युमनक्लोथिङको ‘रिब्रान्डिङ’ गरिएको शो–रुम दरबारमार्गमा खुलेको छ । नेपालका लागि बिइङ ह्युमनक्लोथिङको आधिकारिक बिक्रेता वस्त्र इन्क प्रालीले दरबारमार्गको स्टोरमा संस्थापक सलमानखानको जन्मदिनको अवसर पारेर ‘रिब्रान्डिङ’ हुरु गरेको कम्पनीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

केही समय आन्तरिक समस्याका कारण बन्द रहेको उक्त शो–रुम औपचारिकरुपमा पुनःसञ्चालनमा आएको हो । विभिन्न देशमा रहेका बिइङ ह्युमनक्लोथिङको ‘शो–रुम’ मा सलमानखानको ५४औँ जन्मोत्सव भव्यताका साथ मनाइको र नेपालमा पनि खानको जन्मदिन मनाइएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुदीपचन्द्र बख्रेलले मानवताको भावनाअनुरुप गरीब तथा विपन्न नागरिकलाई रोजगारीको सिर्जना गर्ने उद्देश्यसहित कम्पनी शुरु गरिएको बताएका छन् ।

सलमानखान फिल्ममा मात्र नभएर वास्तविक जीवनमा पनि हिरो बन्न सफल भएको बताउँदै उनले भने, बलिउड सुपर स्टारभन्दा पनि सामाजिक गतिविधिमा सक्रिय बिइङ ह्युमन फाउण्डेसनका संस्थापकका रुपमा जन्मदिन मनाएका हौँ । वस्त्र इन्कका सञ्चालक राजु थापा क्षेत्रीले सेवाग्राहीको चाहनाबमोजिम नयाँ व्यवस्थापन र नयाँ ऊर्जाका व्यवसाय शुरु गरिएको जानकारी गराएका छन् । खानको जन्मदिनका अवसरमा वस्त्र इन्कले आफ्ना ग्राहकलाई प्रत्येक १५ हजारको खरिदमा विशेष छुट दिएको तथा सलमानखानको फिल्म दबगं–३ को च्यारिटी शो गरिएको कम्पनीले उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here