ट्यांकर दुर्घटनामा दुईको मृत्यु

0
746

चितवन, माघ २५ । चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत गाईघाटमा आज बिहान ट्यांकर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दूध बोकेको ट्यांकर ट्रकसँग ठोक्किएर त्रिशूली नदीमा खसेको हो । मृत्यु हुनेमा ट्यांकरका चालक नवलपरासी कोल्हुवाका ३० वर्षीय सन्तबहादुर कुमाल र उनका भतिजा २२ वर्षीय लिलाकुमाल रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनबाट पोखरातर्फ जाँदै गरेको बा४ ख ६९५३ नम्बर दूधको ट्यांकर विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ४३१४ नम्बरको ट्रकसँग ठक्कर खाँदा उक्त दुर्घटना भएको हो । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार मृतक दुवै जनाको शव पानीबाट निकालिएको छ ।

बिहान करिब ५ः५५ बजेको समयमा उक्त दुर्घटना भएको हो । अहिले घटनास्थलमा उद्धारका लागि प्रहरीटोली परिचालन गरिएको छ । सशस्त्र जनपद प्रहरीले उद्धारको काम गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here