जितको नजिक लेखक

0
270

कञ्चनपुर, मंसिर २५ । प्रदेश नम्वर ७ कञ्चनपुर ३ का उम्मेद्वार रमेश लेखकले मतान्तर घटाउँदै जाँदा उनले कांग्रेसको साख जोगाउनमा कांग्रेसीहरु आशावादी बनेका छन् ।

भिमदत्त नगरपालिका वडा नम्वर ७ को मत गणना गर्दा १८७ मतले अघी लागेका लेखक समग्रमा भने अझै १०० मतले पछि छन् तर कार्यकर्तामा उनी अगाडि आउँछन् भन्ने आशा बढ्न थालेको छ । २० हजारका आसपासमा लेखक र एमाले उम्मेद्वार डा दिपकप्रकाश भट्टको मत रहेको छ ।

वडा नम्वर ३ को मतगणना चालु रहेको छ भने १२, १३, १४, १५ र १६ को मत गन्न बाँकी नै छ । सबै गन्न बाँकी वडाको प्रदेश सभामा काँग्रेसको अग्रता रहेका कारण पनि प्रतिनिधि सभामा पनि काँग्रेसको अग्रता आउने अनुमान लेखकका नीजि सचिव तथा नेविसंघका पूर्व केन्द्रिय सदस्य जनक भट्टको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here