राष्ट्रपतिद्वारा विभिन्न चारवटा अध्यादेश जारी

0
446

काठमाडौँ, वैशाख १३ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज विभिन्न चारवटा अध्यादेश जारी भएको छ ।

उनले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश २०७५, राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७५, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ र संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश २०७५ जारी गरिकी छिन् ।

उनले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा उक्त अध्यादेश जारी गरेकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here