‘रोमियो एण्ड मुना’ को नयाँ पोष्टर सार्वजनिक, पोष्टरमा रोमियो र मुना रोमान्टिक मुडमा

0
451

काठमाडौं, पुष २३ । फागुन ११ गतेबाट प्रदर्शनमा आउन लागेको नरेश कुमार केसीद्वारा निर्देशित चलचित्र ‘रोमियो एण्ड मुना’को नयाँ पोष्टर सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएको उक्त पोष्टरमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ देखिएका छन् । पोष्टरमा विनय अर्थात रोमियो र सृष्टि अर्थात मुना रोमान्टिक मुडमा प्रस्तुत छन् । प्रज्वल सुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्त लगायतका कलाकारहरुको पनि अभिनय रहेको उक्त चलचित्रमा लोकेन्द्र बज्रचार्यको सम्पादन, गौरव डागोन्कर, कोशिश क्षेत्री, कालीप्रसाद बाँस्कोटा र अर्लको संगीत, प्रताप सिंह, रेनशा राई, राजिव समरको कोरियोग्राफी रहेको छ ।

सो चलचित्रमा शहरिया युवा र ग्रामिण युवती बिचको प्रेमकथा समेटिएको छ । ‘रोमियो एण्ड मुना’लाई प्रसन्न गोपाली, रामशर्मा, कविनशाक्य र नायक विनय श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका छन् भने दिपाङकर सिक्देर र बाबु श्रेष्ठको छायांकन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here