दुबै हातमा लड्डु खोज्ने माओवादी केन्द्र सरकारबाट हाल नबाहिरिने

0
218

काठमाडौँ, असोज ३१ । नेपाल सरकारका गृहमन्त्रीले नेकपा (माओवादी केन्द्र)बाट मन्त्री भएकाहरुलाई बोलाएर सरकारबाट बाहिरिन गरेको पत्रकार सम्मेलन मार्फत मा.के.बाट मन्त्री बनेकाहरु सरकारबाट तत्काल नहट्ने निर्णय सार्वजनिक गरेका छन् ।

गृह मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गृहमन्त्री जनार्दन शर्माले तत्काल आफूहरु सरकारबाट नहट्ने जानकारी गराएका छन् । निर्वाचन आयोगमार्फत निर्वाचन सारिँदैछ भन्ने सूचना प्राप्त भए पश्चात सरकारबाट नबाहिरिने निर्णय गरेको शर्माले बताए । निर्वाचन सार्ने विषय आफूहरुलाई मान्य नहुने भन्दै तत्काल हामी सरकार छाड्दैनौँ शर्माले भने । कसले निर्वाचन कसरी सार्दैछ भन्नेबारेमा गृहमन्त्री शर्माले कुनै जानकारी गराएनन् । उनले भने निर्वाचन सर्दैछ भन्ने जानकारी आएको हो । त्यसबारेमा थप जानकारी केही समयपछि थाहा पाइहाल्नुहुन्छ । आफ्नो पार्टीका तर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीले सरकारबाट फिर्ता भएको पत्र लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जाने क्रममै निर्वाचन सर्दैछ भन्ने जानकारी आएपछि पत्र बुझाउने काम स्थगन भएको शर्माको भनाइ छ ।

सरकारबाट आफूहरु फिर्ता हुने जानकारीसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री महरा सरकारबाट फिर्ता हुन लागेको जानकारी गराउने कार्यक्रम थियो । उपप्रधानमन्त्री महरा देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रका तर्फबाट नेतृत्व गरेका छन् । गृहमन्त्री शर्माले निर्वाचन सुनिश्चितता भए आफूहरु एक मिनेट पनि सरकारमा नबस्ने प्रष्ट पारेका छन् ।

मन्त्री शर्माले भने हामीलाई मन्त्री खान लोभ छैन, तर निर्वाचन सुनिश्चितता हुनुपर्छ । यति भन्दै गर्दा माओवादीभित्र सत्ता र शक्तिमा देखिएको लालच झल्किरहेको पाइन्छ । मा.के. का नेताहरु शक्ति र सत्तामा लिन छन् भन्ने प्रष्ट उदाहरण बन्न पुग्यो आज गृहमन्त्रालयमा गरिएको पत्रकार सम्मेलन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here