सिस्नोका काईदाजनक कुराहरु

0
67

जीवन प्रसाद राई
कृषि पर्यटन लेखक

भिटामिन “ए“ को भण्डार रहेको यो वनस्पतिको नेपाली नाम सिस्नो, अंग्रेजी नाम Stinging Nettle, , वानस्पतिक नामUrtica dioica L र पारिवारिक नाम Urticaceae हो । स्रोत ः कृष्ण घिमिरे बीउ जिन बैक । सिस्नोका छ वटा ज्यादै फाईदाजनक कुराहरु छन् जुन बैज्ञानिक तथा खाद्य सुरक्षाबिद हरुले प्रमाणित गरिसकेका छन् । सिस्नोमा भिटामिन ए, सी, के र बि पाईन्छ ।

क्याल्सियम, आईरन, म्याग्नेसियम, फस्फोरस, पोटासियम, र सोडियम लगायतका मिनरल्सहरु पाईन्छ । एमिनो एसिड, लिनोलेक, लिनोलेनिक, प्लाम्टिक, स्टेरिक, ओलिक, र क्याफिक एसिडहरु पाईन्छ जुन जनस्वास्थ्य का लागि फाईदाजनक छ । यसमा क्यान्सर प्रतिरोधात्मक गुण पनि ज्यादै पाईन्छ । विभिन्न खालका ईन्फेक्सनहरुबाट समेत बचाँउदछ, पुरुषहरुमा हुने प्रोस्टेडको समस्या लाई समेत न्युनिकरण गराँउदछ, धेरै जसो ज्वरो मा समेत फाइदा गर्दछ । रक्तचापलाई समेत उचित स्थानमा राख्न सहयोग गर्दछ । यसको नियमित जसो सेवनले मधुमेह लाई समेत नियन्त्रण गर्दछ ।

यस्तो महत्त्वपूर्ण वनस्पतिको नेपालमा ब्यवस्थित तथा ब्यवसायिक खेती भएको पाईन्दैन । जंगलमा भएको सिस्नोलाई केही समूह तथा ब्यक्ति हरुले टिपी धुलो बनाई प्याकिङ गरेर बजारमा लगेको पाईन्छ । यसै परिबेशमा लालीगुराँस नगरपालिका को आर्थिक सहयोगमा “ तेखिमे कृषि परामर्श सेवा फर्म ले लानपा ३ स्थित सिस्नोको ब्यवसायिक खेती गराउनका लागि यस्को राम्रो जातबाट बीउहरुको संकलन गर्ने कामको शुरुआत भएको छ ।

खराब मौसमका बाबजुद पनि तेखिमे कृषिका कृषि प्राबिधिक तथा सामाजिक परिचालक हेमलता तिम्सिना संग, पाख्रीबास नगरपालिका आसपासका परिपक्व भएको सिस्नोको बीउहरु संकलन गर्ने काम हिजो १८ गते पहिलो चरणको गरियो । अनुमानित ५० हजार बिरुवा तयार हुनसक्ने बीउ संकलन गरिएको छ ।

यो बीउलाई ब्यवस्थित रुपमा नर्सरी मा तयार पारी कृषकहरुको समूह बनाई ब्यवसायिक रुपमा खेती गरिनेछ । सिस्नोलाई धुलो बनाई राम्रो ब्रान्ड बनाई प्याकिङ गरि बजारमा लाने सम्मको लक्ष्य राखिएको छ । स्मरण रहोस सिस्नो आफैमा अर्गा्निक बस्तु हो । यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा राम्रोसँग बेच्न सकिन्छ । सर्त हो गुणस्तरीय उत्पादन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here