शेयरको मूल्य दोहोरो अङ्कले उकालो

0
326

काठमाडौँ, असोज ९ । आज धितोपत्र बजारमा शेयरको मूल्य दोहोरो अङ्कले उकालो लागेको छ । शेयर कारोवारमापक नेप्से परिसूचक २२ दशमलव ३ बिन्दुले वृद्धि भएर एक हजार २७९ दशमलव ९८ बिन्दुमा पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाले बोनस दिन थालेको र शेयरमा लगानीका लागि क्रमशः वातावरण बन्न थालेको भन्दै बजारमा लगानीकर्ता बढेपछि नेप्से परिसूचक र कारोबार रकमसमेत बढेको हो ।

सोमबारको बिदा पछि खुलेको बजारमा रु एक अर्ब सात करोड ४२ लाख २८ हजार ३४ मूल्य बराबरको शेयर कारोबार भएको छ । कूल १७३ कम्पनीको ४२ लाख १५ हजार ६५१ कित्ता शेयर कारोबार भएको हो ।

कारोवार रकम समेत अर्बमाथि पुगेपछि लगानीकर्ताको मनोबल वृद्धि हँुदै जान थालेको पाइन्छ । ‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ५.२५ बिन्दुले उकालो लागेर २७२.१६ बिन्दुमा पुगेको छ ।

बैंकिङ २९.३२, व्यापार २.७९, होटल २२.७८, विकास बैंक ३७.८२, जलविद्युत् ७.३४, वित्त ५.५९, निर्जीवन बीमा ६३.३८, उत्पादन १०.९४, माइक्रोफाइनान्स १०.४४, जीवन बीमा ३७.३६ बिन्दुले उकालो लाग्दा अन्य समूह भने १.४६ बिन्दुले ओरालो लागेको स्टकले जनाएको छ ।

भार्गव विकास बैंक, सनराइज बैंक, प्रभु बैंकका लगानीकर्ताले आज बढी कमाएका छन् भने गुराँस फाइनान्स, सिनर्जी पावर डेभलपमेन्ट बैंक, सिभिल लघुवित्त वित्तीय संस्था र अपि पावर कम्पनीका लगानीकर्ताले भने घाटा बेहोरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here