असोज १८ र १९ गते नेपालमा इन्जिनियरको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

0
308

काठमाडौं, असोज ९ । आगामी असोज १८ र १९ गते नेपालमा डिप्लोमा इन्जिनियरहरुको अन्तराष्ट्रिय सम्मेलन हुँदै छ ।

मंगलबार डिप्लोमा इन्जिनियर्स एशोसिएशन अफ नेपाल (डीन) ले काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी डिप्लोमा इन्जिनियरहरुको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको बताएको हो ।

पूर्वाधार निर्माणका लागि आवश्यक गुणस्तरीय जनशक्तिको उचित व्यवस्थापन गर्नका लागि मद्दत पु¥याउने हेतुले उक्त सम्मेलन गर्न लागिएको डीनका अध्यक्ष कामेश्वरप्रसाद सिंहले बताएका छन् ।

सम्मेलनमा २० देशका ५ सयभन्दा बढि इन्जिनियरहरुले सहभागीता जनाउने छन् । सम्मेलनमा प्राविधिक तथा व्यवसायिक क्षेत्रका अन्य प्रतिनिधिहरुलाई पनि सहभागी गराउने व्यवस्था गरिएको छ ।

२० देशको अनुभव आदानप्रदानसहित २५ वटा कार्यपत्र प्रस्तुत गरिने उक्त सम्मेलनको निचोडलाई घोषणा पत्रमार्फत् सार्वजनिक गर्ने डीनले योजना बनाएको छ ।

सम्मेलनले ५ वर्ष भित्र गुणस्तरीय ५ लाख जनशक्ति निर्माण गर्ने सरकारको लक्ष्यलाई मद्दत पु¥याउने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here