कांग्रेसका उम्मेदवारमाथि आक्रमणको प्रयास

0
624

कोहलपुर (बाँके), ३० जेठ । नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २२ पुरैनामा भइरहेको घरदैलो कार्यक्रममा प्रमुख उम्मेदवार डा सुरेशकुमार कनोडियाको गाडीमा सम्पर्क कार्यालय फर्कने क्रममा बा १४ च १३८७ नम्बरको स्कारपियो गाडीलाई त्रिभुवनचोक, नेपालगन्जमा राष्ट्रिय जनता पार्टीका नेता ललितकुमार रौनियारले ढुङ्गा प्रहार गरी तोडफोड गरेको नेपाल प्रहरीले बाँकेले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार डा सुरेशकुमार कनोडियाको गाडीमा आज बिहान तोडफोड भएको स्रोतले बताएको छ । गाडी तोडफोड गर्ने रौनियारलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको पुरैनाबाट फर्कदै गर्दा अकस्मात् गाडीको झन्डा भाँच्दै ढुङ्गाले गाडीमा हानेको गाडी चालक महेन्द्र सिंहले बताएका छन् ।

गाडीमा ढुङ्गा प्रहार गर्दा अगाडिको सिसा फुटेको छ । यसैबीच, प्रमुखका उम्मेदवार डा कनोडियाले निर्वाचनमा हिंसा र तोडफोड नगर्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्दै स्वच्छ प्रतिस्पर्धामा आउन सबै दललाई आग्रह गर्दै , लामो समय पश्चात हुन लागेको स्थानीय तहको निर्वाचनलाई भयरहित शान्त वातावरणमा सम्पन्न गर्न सबै दलको जिम्मेवारी रहेको उल्लेख गर्दै जनताको इच्छा अनुसारका उम्मेदवारलाई मतदान गर्न पाउने अधिकारको हनन कसैले गर्न नहुने प्रष्ट पार्दै स्थानीय निर्वाचन सभ्य र भव्य रुपमा सम्मन्न गराउन सबै दलसँग आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here