पर्यटकीय क्षेत्र मावन अतिक्रमणको चपेटामा

0
189

जाजरकोट, पुस २७ । वारेकोट गाउपालिका ४, को ढोटाचौर सामुदायीक वन क्षेत्रमा धमाधम खेतीपाती साथै घरटहरा निर्माणको कार्य तिव्र रुपमा हुने गरेको छ । ढोटाचौरमा १ सय घरपरिवारले बनक्षेत्र अतिक्रमण गरेर बसोबास गर्दै आएका छन् । बन अतिक्रमण गरेर बनाएका घरटहरा भत्काउने र अतिक्रमण रोक्ने तर्फ कुनैपनि निकायको ध्यान दिएको पाइदैन ।

जथाभावी अतिक्रमण तथा बनजंगलको विनासले बनक्षेत्र घट्दै गएको छ । यो गाउँपालिका राम्रो पर्यटकीय सम्भावना वोकेको एक गाउँपालिका हो । यसको उच्च भुभाग विभिन्न रमनीय पर्यटकीय स्थलहरु रहेका छन । यी क्षेत्रहरु अहिले आएर आनव क्रियाकलापको चपेटामा परेको स्थानीयको भनाइै छ ।

गाई, भैसी, भेडाबाख्रा, घोडा लगायत पशुबस्तु चरीचरण क्षेत्र अहिले आएर अतिक्रमणको चपेटामा परेको छ । पहिले बैशाख जेठमा पशुबस्तु पाटन चराउन लगिन्थ्यो । असोजसम्म पाटनमा राख्ने पाटन चराएर घर तर्फ ल्याउने काम हुन्थ्यो स्थानीय कालीबहादुर शाहीले बताए । गाउँपालिका अन्र्तगतको सामुदायीक तथा राष्ट्रिय वन क्षेत्रमा पर्ने ढोटाचौर, लाग्ना, चौथारी, राँगाचौथारी, गाइघुवा, घट्टेचरी, साँखोली, तम्ती, चाखुरे लगाएत ठाउमा घरटहरा बनाउने र खेतीपाती लगाउने काम तीब्ररुपमा अतिक्रमण भएको हो ।

वन अतिक्रमणले मुल्यवान जडीबुटी तथा रुख विरुवा विनास हुनुको साथै जंगली जनावर र पशुपन्छी लोप भएको बारेकोट ४, का वडा सदस्य करबहादुर सिंहले जानकारी गराए । सरोकारवालाको सर्वपक्षीय बैठक तथा छलफल, अन्र्तक्रिया, प्रचार तथा प्रसार लगायत गतिविधी संचालन गरेर वन अतिक्रमण नियन्त्रण गर्ने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताएका छन् । के कति बन अतिक्रमण भएको भन्ने लगत संकलन गरेर उक्त अतिक्रमीत क्षेत्र खाली गर्ने अध्यक्ष शाहको भनाइ छ ।

जिल्लाभर ५ हजार १ सय हेक्टर बनक्षेत्र अतिक्रमण भएको डिभीजन बन अधिकृत मन्जुर अहमतले बताए । स्थानीय तहसंग समन्व गरेर अतिक्रमीत वन क्षेत्र हटाउने उनको भनाई छ । भेरीमालिका नगरपालिका, छेडागाड नगरपालिका, नलगाड नगरपालिका, कुशे गाउँपालिका र जुनीचाँदे गाउँपालिकामा सबै भन्दा बढी बन अतिक्रमण भएको छ ।

अतिक्रमण क्षेत्रमा ३ हजार घरटहरा बनेका छन् । बन अतिक्रमणबाट सल्ली, साल, लुइँटो, गुराँस, लगायत महत्वपूर्ण बोटविरुवाको जंगल विनास भएको डिभीजन बन कार्यालयको भनाइ छ । घरटहरा निर्माण तथा खेतीपाती गरेर बन क्षेत्र अतिक्रमण भएको हो । जिल्लामा २ सय ७० सामुदायिक बन, ६७ कबुलियती बन र ५ निजी बन रहेका छन् । त्यस्तै १ लाख २९ हजार १ सय २१ हेक्टर बन क्षेत्र रहेको छ । कबुलियती बनले ८ सय हेक्टर र सामुदायिक बनले ३५ हजार हेक्टर क्षेत्र ओगटेको छ । ८६ हजार हेक्टर बन क्षेत्र समुदायमा हस्तान्तरण हुन नसकेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here