विकास वातावरण मैत्री हुनुपर्नेमा जोड

0
36

काठमाडौँ, कात्तिक १९ । वातावरण र विकासबीचको सन्तुलन र सम्बन्धलाई एक अर्कामा अन्योन्याश्रित गर्दै अघि बढ्ने मन्त्रालयको प्राथमिकता र दृष्टिकोण रहेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् ।

मन्त्रालयले आफ्ना योजना अघि बढाईरहेको र विकासलाई वातावरणमैत्री बनाउन चाहेको मन्त्री बस्नेतले जानकारी गराए । आजको विकास वातावरण मैत्री हुनुपर्छ भन्ने नबुझ्दा, त्यसलाई आत्मसात् नगर्दा र विकासलाई परम्परागत दृष्टिबाट हेर्नेहरुले मात्र त्यस्तो भनेको हुनुपर्ने भन्दै उनले भने वातावरण संरक्षणको विषयलाई पनि मुलुकको आजको आवश्यकता र अवस्थासँग नजोडीकन हेर्दा एकाङ्की हुने छ ।

आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइ) को प्रक्रियामा आयोजनाका तर्फबाट हुने ढिलाईलाई पनि मन्त्रालयमाथि दोष थोपर्नु नराम्रो भएको बताउँदै उनले भने, कुनै पनि आयोजनाका फाइल मन्त्रालयमा आइसकेपछि हामीले त्यसलाई यथोचित सम्बोधन गरी काम अघि बढाउने गरेका छौँ ।

ईआइ प्रक्रिया लामो भयो भन्ने सम्बन्धमा उठेका प्रश्नलाई भने मन्त्रालयले गम्भिरताका साथ लिएको र त्यसको कार्यविधिलाई समयानुकुल परमार्जन गरी छोटो र सरल प्रक्रिया बनाईने उनले जानकारी गराए । मन्त्रालयले विभिन्न आयोजनालाई अन्य प्रयोजनका लागि उपलब्ध गराउने वन क्षेत्रको क्षतिपूर्ति तिर्न सम्बन्धित आयोजनाले बेवास्ता गर्दै आएको मन्त्री बस्नेतले सुनाए । यस सम्बन्धमा मन्त्री बस्नेतले त्यस्ता कार्यको अनुगमनलाई प्रभावकारी बनाएको र कार्यान्वयनमा जोड दिएकोसमेत उनले जानकारी गराए ।

मन्त्रालयले काठमा आत्मनिर्भर बनाउन उत्पादनमा वृद्धि र उपयुक्त व्यवस्थापनको काम अघि बढाएको मन्त्री बस्नेतले जानकारी गराए । उनले विदेशी काठको आयात रोक्न यो वर्ष मुलुकभित्र काठको उत्पादनमा तीन गुणा बढी उत्पादन वृद्धि हुने र वृद्धिसँगै आवश्यकीय व्यवस्थापनको काम पनि सुरु गरेको बताएका छन् । हाल मुलुकमा वर्षेनी अर्बांै मूल्य बराबरको काठ र काठजन्य सामग्री विदेशबाट आयात हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here