शेयर मूल्य समायोजन गर्यो नेपाल इन्भेष्टमेन्ट बैंकले

0
324

काठमाडौँ, पुस ११ । नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शेयर मूल्य समायोजन भएको छ । बैंकले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट प्रस्ताव गरेको १८ प्रतिशत शेयर लाभांशसँगै बुधबार मूल्य समायोजन गरेको हो ।

स्टकले बैंकको शेयर लाभांश पश्चात् प्रतिकित्ता रु ५७७ मा शेयरमूल्य समायोजन भएको जानकारी गराइएको छ । बैंकको औसत आधारमूल्य रु ६६७ रहेको छ । बैंकले आव २०७४÷७५ को नाफाबाट प्रस्ताव गरेको १८ प्रतिशत शेयर लाभांश र २२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

बैंकले यही पुस २९ गतेका वार्षिक साधारणसभाको आह्वान गरेको छ । हाल बैंकको चुक्ता पूँजी रु १० अर्ब ६४ करोड ५६ लाख रहेको छ भने लाभांश वितरणपछि चुक्ता पूँजी रु १२ अर्ब ५६ करोड १८ लाख पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here