भ्रष्टाचारलाई प्रोत्साहन गर्ने खेलमा सरकार: नेता सिंह

0
175

कैलाली, पुस २७ । नयाँ संविधानलाई संस्थागत गर्नमा वर्तमान सरकार चुकिरहेको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सिंहले दुई तिहाई बहुमतको वर्तमान सरकार संविधानलाई संस्थागत गर्नका लागि ईमानदारिताका साथ अगाडि बढ्न नसकेको जिकिर गरे ।

नेता सिंहले सुशासन, विकास र समृद्धिको नारा सरकार अगाडि सारेको तर सरकारको काम कारवाही र गतिविधि हेर्दा भ्रष्टाचारलाई प्रोत्साहन गर्ने खालको देखिएको धारणा राखे । जनतालाई केन्द्रविन्दुमा राखेर राहत दिने ठाउँमा सरकार अल्मलिएको रुमलिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here