बस दुर्घटनामा सातको मृत्यु, ३१ घाइते

0
247

म्याग्दी, माघ ३ । म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी सात जनाको मृत्युु भएको छ भने ३१ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले बताएको छ । मृतकको संख्या बढ्न सक्ने प्रहरीले जानकारी गराएको छ ।

घाइतेमध्ये गम्भीर दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडाँैको ग्राण्डी अस्पताल ल्याइएको छ भने थप तीन जनालाई उपचारका लागि काठमाडौँ ल्याउन हेलिकप्टरको व्यवस्था गर्न नेपाली सेनालाई आग्रह गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी गराए ।

अन्य घाइतेहरुको धौलागिरि अञ्चल अस्पतालमा उपचार गरी थप उपचारका लागि एम्बुलेन्समार्फत पोखराको मणिपाल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी गराएको छ । मृतक तथा घाइतेको विवरण सङ्कलनको कार्य भइरहेको प्रहरीले बततएको छ । दुर्घटनाको कारण भने अहिलेसम्म खुद्यन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here