पुस्तकालयलाई आर्थिक सहयोग

0
185

काठमाडौँ, असोज ४ । कामपा–५, हाँडीगाउँलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले रु दुई लाख अनुदान सहयोग गरेको छ ।

उक्त रकमबाट पुस्तक–पत्रिकालगायत पठन सामग्री, फर्निचर, कम्प्युटर आदि खरीद गरिने पुस्तकालयका अध्यक्ष गणेश श्रेष्ठले बताए ।

वि.सं २०१९ मा स्थापना गरिएको सो पुस्तकालयले समय समयमा ‘ममता’ नामक अनुसन्धानमूलक पत्रिका प्रकाशनका साथै साहित्यिक, खेलकूद, निबन्ध र चित्रकला प्रतियोगिता आदि कार्यक्रम पनि संचालन गर्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here