स्वास्थ्य क्षेत्रमा नमुना बन्दै चम्पादेवि गाउँपालिका

0
62

काठमाडौँ, मंसिर २० । ओखलढुंगा जील्ला चम्पादेवि गाउँपालिका वडा नम्बर ५ मा स्वास्थ्य इकाईको स्थापना भएको छ । स्वास्थ्य इकाईको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष नबराज केसीले चम्पादेवि गाउँपालिका भित्रका सबै वडाहरुमा स्वास्थ्य इकाई स्थापना भै सक्नु गाउँपलिकाका लागि गौरवको कुरा भएको बताएका छन् ।

आगामी दिनमा गाउँपालिका भित्र स्वास्थ्य सम्बन्धि कुनै पनि समस्या नआउने बताउँदै उनले भने स्वास्थ्य क्षेत्रमा चम्पादेवि १ नम्बर प्रदेश को नमुनाका रुपमा खडा भएको छ ।

केसीले चम्पादेवि गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा धेरै कामहरु भएको जानकारी गराए । गाउँपालिकाले सबै किसिमका औषधिहरु खरिद गरेको बताउँदै केसीले भने, जिल्ला बाट औषधि कम आउने र बिरामीले भनेको समयमा औषधि नपाउने अवस्था छ । यस्तो परिस्थितीमा गाउँपालिकाले कुनै पनि औषधि कमि हुन नदिने उदेश्यका साथ आफै ओैषधि खरिद गर्ने गरेको छ ।

गाउँपालिकाबाट बितरण हुने सबै किसिमका औषधिमा गाउँपालिकाको छाप र लोगो लगाई बितरण गरिने अध्यक्ष केसीले जानकारी गराए । यसो गर्दा सरकारि औषधि दुरुपयोग नहुने वताउदै उनले भने, चम्पादेवि गाउँपालिका भित्रका कुनै पनि स्वास्थ्य सस्थाहरुमा औषधिको कमि हुन नदिने हाम्रो उद्देश्य हो ।

उनले स्वास्थ्यसँग सम्बन्धित सबै कर्मचारीलाई कार्यालय अवधिभर मात्र नभएर अरु समयमा पनि स्वास्थ्य सेवा मा कुनै कमि हुन नदिन का लागि निर्देशन समेत दिएका छन् । यदि कोहि कसैले काहीँ कतैबाट स्वास्थ्यमा आच आउने किसिमका काम गरे उसले माफि नपाउने समेत उनले बताए ।

साविक ६ वटा गाउँ बिकास समिति र हाल १० वटा वडाहरु मिलेर बनेको चम्पादेवि गाउँपालिकाका सबै वडाहरुमा गाउँपालिकाले सामुदायिक स्वास्थ इकाई स्थापना गरी सकेको छ भने साविक सबै स्वास्थ्य संस्थाहरुमा वर्थिङ सेन्टर समेत स्थापना भएको छ ।

गाउँपालिकाले मातृ तथा शिशु मृत्युदर कम गर्ने उद्देश्य का साथ सबै स्वास्थ्य संस्थाहरुमा वर्थिङ सेन्टर स्थापना गरेको गाउँपालिका अध्यक्ष नबराज केसीले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here