चलचित्र ‘चङ्गा चेट’काे शिर्ष गीत रिलिज

0
60

काठमाडौं, कात्तिक १३ । दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘चङ्गा चेट’को शिर्ष गीत रिलिजको केही दिन अगाडि मात्र सार्वजनिक गरिएको छ ।

उक्त गीतमा शब्द, संगीत र स्वर नै कोशिश क्षेत्रीको रहेको छ । यो गीतले चलचित्रको कथा बोकेको छ । चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रविन्द्र झा, सुरक्षा पन्त, परमिता आर एल राणा, सन्दिप क्षेत्रीको मुख्य भूमिका रहेको छ ।

यो चलचित्र निर्माण माधव वाग्ले र शर्मिला पाण्डेले गरेका हुन् । कात्तिक १६ गते शुक्रबारदेखि रिलिज हुन लागेको यस चलचित्रले बेरोजगारीको समस्यालाई कमेडी पाराले प्रस्तुत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here