राउतसँगको सम्झौता राष्ट्रघातीे : देउवा

0
178

पोखरा, फागुन २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिके राउत र सरकार विच भएको सम्झौतामा देश टुक्राउन जनमत संग्रह गर्ने अर्थ लाग्ने गरी ‘जनअभिमत’ भनिएको बताएका छन् । देउवाले राउतसँगको सम्झौता राष्ट्रघाती भएको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले नेपालको कुनै पनि भूभागलाई टुक्राउने कुरा कांग्रेसलाई सैहृय नहुने जीकिर गरेका छन् । सिकेसँगको सम्झौतालाई राष्ट्रघाती कामका रुपमा कांग्रेसले हेरेको उनले बताएका छन् ।

देशलाई टुक्राउने कुरा कांग्रेसले कुनै हालतमा नमान्ने जानकारी गराउँदै देउवाले भने, सिके राउतले जनमत संग्रह भनेर बोलिरहेको, तर प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डनसमेत नगरेकोदेख्दा हामी आश्चर्य चकित भएका छौ । ‘सिके राउतले नयाँ देश बनाउँछु भनिरहेको बेला सरकारले सहमति जनाउनु दुर्भाग्यको कुरा भएको उनले बताएका छन् । यो मूलधारको राजनीतिमा आउने कुरा होइन रहेछ,’ देउवाले भने, ‘राष्ट्रघाट गरेका छन् वास्तवमा ।

सिकेले बोलेको कुरामा ओली (प्रधानमन्त्री केपी शर्मा ओली) ले खण्डन गर्नुर्पयो ।’ अलग्गै देशबाट सहमति लिए जसरी सिकेले बोलिरहेको देउवाले प्रष्ट पारेका छन् । ‘सिके राउतले अलग्गै देश बनाउन सहमति भन्दै हिडेको स्मरण गराउँदै देउवाले भने, मैले भनेको कुरा होइन, । ‘देश टुक्राउने कुरा गरेको छ, मूलधारमा आएको भए कसैलाई मतलव नहुने थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here