ओखलढुंगामा कांग्रेसको विजय सुरुवात

0
1835

ओखलढुंगा जिल्लाबाट कांग्रेसले विजयको खाता पनि खोलिसकेको छ । मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । वडाअध्यक्षमा राजकुमार रुम्दाली ३८९ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी माओवादीका सुजन रुम्दाली ३४६ मत ल्याई पराजित भएका छन् । एमालेका पुन्य बहादुर बस्नेत ३२ मत प्राप्त गर्दै हार बेहोरेका छन् ।

स्थानीय तहको बुधबार भएको निर्वाचनको मत गणना कार्य निरन्तर भइरहेको छ । ओखलढुंगा जिल्ला मानेभञ्ज्याङ्गको अहिले सम्मको मत परिणामलाई हेर्ने हो भने नेपाली कांग्रसको अग्रता कायमै रहेको छ । नेपाली कांग्रेसको तर्फबाट मानेभञ्ज्याङ्ग गाउँपालिकाका वडा अध्यक्ष मोति राईले ३६६ मत ल्याई अग्र स्थानमा छन् भने माओवादीको तर्फबाट उनका निकटतम प्रतिद्वन्दी युवराज राईले ३०९ मत प्राप्त गरेका छन् । एमालेका अध्यक्ष रुपलाल तामाङ्गले ५२ मत ल्याएर अन्तिम स्थानमा छन् । त्यसैगरी उपाध्यक्षमा कांग्रेसमा सविता राईले २९१ प्राप्त गरेकी छिन भने माओवादीमा चम्पा राईले २९९ मत प्राप्त गरेकी छिन् भने एमालेकी उपाध्यक्ष भावना राईले ४२ मत प्राप्त गरेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here