लडेर महिलाको मृत्यु

0
165

जाजरकोट,  पुस २९ । जिल्लाको बारेकोट गाउँपालिका ९, काप्तीकी ३५ बर्षीया गोरी नेपालीको भीरबाट लडेर मृत्यु भएको छ । दाउरा काट्न जंगलमा जाने क्रममा गाउ नजिकैको भीरबाट लडेर मृत्यु भएको वडा अध्यक्ष सशिराम गौतमले बताएकी छिन् ।

दाउरा काट्न गएको राति अवेरसम्म घर नफर्के पछि घरपरिवारले खोजतलास गर्दा भीरबाट खसेर मृत्यु भएको आवस्थामा फेला पारेको सेपुखोला प्रहरीले जानकारी गराइएको छ । घटना बारे थप जानकारी लिनको लागि ईलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी टोली घटना स्थल गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here