जाजरकोटमा भीरबाट खसेर प्रहरी हवाल्दरको मृत्यु

0
101

बद्री पन्त
जाजरकोट, पुस २७ । जाजरकोटमा भीरबाट खसेर प्रहरी हल्दारको मृत्यु भएको छ । अस्थायी प्रहरी पोष्ट मैदेमा कार्यरत ३९ बर्षिय माहाबीर खड्काको भीरबाट खसेर मृत्यु भएको हो । ३ जनाको टोली सहित विहीवार दिउसो दग्रास कुर्सेनी तिर गस्तीमा जादै गर्दा हल्दार खड्का नलगाड नगरपालिका ८, गम्थापाखालेको भीरबाट चिप्लिएर २ सय मीटर तल खसेका थिए ।

उक्त भीरबाट लडेर गम्भीर घाईते भएका खड्कालाई आठवीसकोट नगर अस्पतालमा प्राथामिक उपचार पछि थप उपचारको लागि कोहलपुर मेडिकल कलेज लैजादै गर्दा सुर्खेको हर्रे बाटोमै मृत्यु भएको जाजरकोटका निमित्त प्रहरी प्रमुख केशर कार्कीले जानकारी गराए । गम्भीर घाईते खड्काको टाउको र अन्य भागमा चोट लागेको थियो ।

सुर्खेतको भेरी गंगानगरपालिका ४, छिन्चु घर भएका प्रहरी हल्दार खड्काको दरवन्दी बारेकोटमा थियो भने उनी काजमा विगत १ बर्षदेखि अस्थायी प्रहरी पोष्ट मैदेमा कार्यरत रहेको जाजरकोट प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here