वाइड बडी जहाज खरीद प्रक्रियामा म संलग्न छैन : देउवा

0
85

धनगढी, पुस ३० । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा हत्या, हिंसा, बलात्कार जस्ता आपराधिक घटना दिनहुँ बढ्दै गएको र यस्ता घटनाका अपराधीमाथि कारवाहीका लागि सञ्चारकर्मीले दबाब दिनु पर्ने बताएका छन् । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याका दोषीलाई सरकारले लुकाउने काम गरेको जानकारी गराउँदै उनले भने, दोषीलाई कारवाही गर्न मिडियाले दबाब दिनुपर्छ ।

आफ्नो नेतृत्वको सरकारले वाइड बडी जहाज खरीद गर्ने निर्णय नगरेको देउवाले स्पष्ट पारेका छरेका छन् । केहि दिन यता वाइड बडी खरीद प्रक्रियामा देउवाको नाम समेत चर्चा हुन थाले पछि उनले सो कुरा सबै जनताले स्पष्ट बुझ्नु पर्ने बताएका छन् । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामानै उपसमिति गठन गरेर वाइड बडी जहाज खरीद प्रक्रिया शुरु गरिएकोमा पुष्पकमल दहाल नेतृत्वको सरकारले जहाज खरीदका लागि जमानत बसेर बोलपत्र आह्वान गरेको जिकिर गरे ।

आफ्नो नाम जोडेर भ्रम फैलाइएकामा दुःख व्यक्त गर्दै देउवाले भने, विमान खरीदमा अनियमित गर्ने दोषीमाथि कारवाही गर्नुपर्छ । सरकारी सम्पति माथि कसैले चलखेल गर्न पाउँदैन । सरकरी रकम हिनामिना गर्नेलाई कानुनी रुपमा दण्डित गरीनु पर्ने उनको धारणा छ । चिकित्सा शिक्षालाई स्तरीय र युग सुहाउँदो बनाउन प्रा डा. गोविन्द केसीसँग वार्ता गरेर आफ्नो नेतृत्वको सरकारले विगतमा ऐन ल्याएको देउवाले प्रष्ट पारे ।

उनले अहिलेको सरकारले उक्त ऐन अध्यादेशमार्फत संशोधन गर्न खोजेको प्रति विरोध जनाउँदै सरकारका गलत कामको कांग्रेसले सडकदेखि सदन सम्म बिरोध गर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here