पल्किएको काल

0
316
राजेन्द्र प्रसाद पाठक । लेखक आर्यावत (भारतवर्ष ) युवा समाज नेपालका अध्यक्ष हुन् ।

आहा ! हाम्रा कति बहुमुखी ।
हाम्रै नेता टुक्काकारी ।
हाम्रै नेता कवि ।
तर कहिल्यै सप्रिएन ।
बिग्रिएको छवि ।
हाम्रौ नेता कथाकार ।
आज हाम्रै सरकार ।
हातगोडाले काम गरेन ।
कठै ! कस्तो बेकार ।
कोही बुन्दै माकुरी जाल ।
कोही गन्दै चाल ।
रक्षक सारा भक्षक भए ।
देशको दिउँसै बेहाल ।
चीलले चल्ला टिपिजान्छ ।
माउलाई लान्छ स्याल ।
देशको दर्शन फेर्छु भन्छ ।
पल्किएको काल ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here