प्रमले नेपालीको क्षमताका विषयमा अन्य मुलुकका नेतालाई सन्देश दिने

0
255

न्यूयोर्क, असोज ९ । प्रधानमन्त्रीले लोकतन्त्रतर्फको अविचलित निष्ठा तथा प्राथमिकता, आफ्नै तरिकाले समस्या समाधान गर्ने नेपाली जनताको रचनात्मक क्षमता, समृद्ध तथा सुखी नेपालीको नाराका विषयमा अन्य मुलुकका नेतालाई सन्देश दिन चाहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले बताएका छन् ।

उनले न्यूयोर्कमा प्रधानमन्त्री ओलीले क्यानडाका समकक्षी जस्टिन ट्रुडुसँग भेटवार्ता गरिसकेकोे, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको स्वागत समारोहमा सहभागीता जनाएको र अन्य केही नेताले उनीसँग भेट गर्न चाहेको जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओलीको अमेरिकामा बसोवास गर्ने केही नागरिक समुदायसँग पनि भेट भएको जनाउँदै उनले प्रधानमन्त्रीको नयाँ कार्यक्रम बनेको र समय मिलाउने काम भइरहेको बताए । प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको महासभाको ७३औँं अधिवेशनमा भाग लिनका लागि त्यहाँ पुगेको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here