आगलागीबाट २० लाख बराबरको क्षति

0
651

राजविराज, चैत ४ । सप्तरीमा शनिबार साँझ भएको छुट्टाछुट्टै आगलागीबाट करिब रु २० लाख मूल्य बराबरको क्षति भएको छ ।

सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरमा शनिबार साँझ एउटा हार्डवेयर पसलमा आगलागी भएको छ । स्थानीय दीनानाथ रौनियारको हार्डवेयर पसलमा कोही नभएको बेला आगलागी हुँदा रु १५ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

आगलागीबाट घरको तल्लो तलामा रहेको पसलमा राखिएको प्लास्टिक, हार्डवेयरका विभिन्न सामान जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जानकारी गराएको छ । आगलागी कुन कारणले भएको खुल्न नसकेको र विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

आगोलाई स्थानीयवासी, प्रहरी तथा राजविराजबाट गएको बारुणयन्त्रले नियन्त्रणमा लिएको थियो । यस्तै, छिन्नमस्ता गाउँपालिका–४ लालपट्टी बस्ने रामपृत यादवको एकतले घरमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब रु दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले बताएको छ ।

त्यस्तै, सप्तरीकै रुपनी गाउँपालिका–३ मा आगलागी हुँदा स्थानीय कमल मुखिया र छेदी मुखियाको नगदसहित एक/एक वटा घर जल्दा रु दुई लाख ५० हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको जिप्रकाले बताएको छ । आगोलाई स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here