‘आगामी राष्ट्रिय जनगणना विविधतायुक्त हुनुपर्ने’

0
39

जनकपुरधाम, मंसिर २० । आगामी राष्ट्रिय जनगणना विविधतायुक्त हुनुपर्ने प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्रप्रसाद सोनारले बताएका छन् ।

आगामी राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा केन्द्रीय तथ्याङ्क विभाग र तथ्याङक कार्यालयले आज आयोजना गरेको प्रदेशस्तरीय अन्तरक्रिया गोष्ठीमा मन्त्री सोनारले जनगणनाको प्रश्नावली सामाजिक विविधतायुक्त हुनुपर्नेमा जोड दिए ।

संघीयता अनुरूपको यथार्थ तथ्याङ्क सङ्कलन गर्नुपर्ने भन्दै उनले यथार्थले ओतप्रोत तथ्याङ्क ऐना झैँ हुने र यसले समृृद्धिको यात्रालाई मद्दत पुर्याउने विचार व्यक्त गरे ।

जातजाति, रोजगार, युवा पलायन, युवा, वृद्ध, प्रौढ, स्वास्थ्यचौकीमा पहुँच, धर्मान्तरण, भाषा, वन, अव्यवस्थित बसोबास, कृषिलगायत अवस्थाको तथ्याङ्क वास्तविकतामा आधारित हुनुपर्ने मन्त्री सोनारले बताए ।

केन्द्रीय तथ्याङ्क विभाागका निर्देशक ढुण्डीराज लामिछाने आगामी जनगणना राष्ट्रिय जनगणनाको तथ्याङ्क सङ्कलनमा पूर्ण गणना विधिको प्रयोग, घर तथा घरपरिवार सूचीकरण, व्यक्तिगत गणना र बहुनमूना दृष्टिकोण अपनाइने योजना रहेको जनाए ।

अर्का निर्देशक शङ्करलाल श्रेष्ठ र धनुषा जिल्लाका तथ्याङ्क अधिकृत प्रवीणकुमार चौधरीले आगामी राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क सङ्कलनले एकीकृत तथ्याङ्क प्रणालीको विकासमा मद्दत पुर्याउने विचार राखे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here